मदुकुमार श्रेष्ठ १११ दिनदेखि विना विभागीय मन्त्री

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २७, २०८१

काठमाडौं । बागमती प्रदेशमा १४औँ मन्त्रालय थपिने भएको छ । १११ दिनदेखि विनाविभागीयमन्त्री मदुकुमार श्रेष्ठलाई विभागीय जिम्मेवारी दिन एउटा मन्त्रालय थप्ने तयारी भएको हो । बागमतीमा हाल १३ मन्त्रालय र १४ मन्त्री छन् ।

संसद्का दुई ठुला दल कांग्रेस र एमालेको सरकारमा सबैभन्दा लामो समयसम्म विनाविभागीयमन्त्री बनाएको भन्दै सर्वत्र आलोचना भएपछि मन्त्रालयको संख्या बढाएर जिम्मेवारी दिइने भएको हो ।

स्रोतका अनुसार मन्त्री श्रेष्ठलाई नयाँ मन्त्रालयका रूपमा गरिबी निवारण तथा सहकारी मन्त्रालय वा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयबाट समायोजना गरेर नयाँ मन्त्रालय बनाएर जिम्मेवारी तोक्ने सम्भावना छ । नयाँपत्रिकाबाट