काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेविरुद्ध सरकारले विभिन्न जिल्ला लगेर एकपछि अर्काे मुद्दा चलाउने तयारी गरेको छ ।
सम्पत्ति शुद्धीकरणको कसुरमा ९० दिनसम्म थुनामा राख्न पाइने भन्दै प्रहरीले बयान सके पनि अन्य अनुसन्धान सुस्त गतिमा गरेको छ । यो मुद्दामा आरोपीमध्ये एक छविलाल जोशी पक्राउ परेको ४५ दिन पुगिसकेको छ । सोही दिनदेखि अनुसन्धानको समायावधि लागू हुने भएकाले कास्की प्रहरीले मात्र लामिछानेलाई अझै ४५ दिन थुनामा राख्ने रणनीति बनाएको छ । नयाँ पत्रिकाबाट