धादिङ । धादिङको ज्वालामूखी गाउँपालिका २ स्थित वडा स्तरीय यूवा तथा खेलकुद विकास समितिले सातदोबाटो खेलकुद मैदानमा अायाेजना गरेकाे यू -१९ स्तरीय भलिबल प्रतियोगिता सातदाेबाटाे युवा क्लब बी ले जितेकाे छ ।
कार्तिक १५–१७ गते दुईदिन चलेकाे उक्त प्रतियोगिताकाे फाईनलमा खड्कदेवि युवा क्लबलाई पराजित गर्दै सातदोबाटोले जितेकाे हाे । सातदोबाटोकाे जितका लागि समीर भारती, सागर भारती, सागर भारती, शिशिर श्रेष्ठ, कबिर श्रेष्ठ, कुशल पुरी, ईमान तामाङ, इज्जत खनाल, अनिल श्रेष्ठ र सन्देश बस्नेतले खेलेका थिए ।
जित सँग सातदोबाटोले १८ हजार, द्वितीय भएकाे खड्कदेविले १२ हजार र तृतीय भएकाे परिश्रमी युवा क्लबले ७ हजार पुरस्कार पाएका छन् ।