धादिङ । धादिङको नीलकण्ठ १४ स्थित कुपा युवा समाजले विगतका वर्षहरुकाे तिहारमा जस्तै यस वर्ष पनि देउसी भैलाे खेल्ने भएकाे छ ।
आफ्नाे गाउँमा विभिन्न सामाजिक कार्य गर्दै आएकाे यस समाजले यस वर्षकाे देउसी भैलाे विगतकाे वर्ष भन्दा थप आकर्षक र मनाेरन्जनात्मक हुने अपेक्षा गरेकाे छ ।
हाम्रो देउसी भैलाे संस्कृति बचाउनका लागि हुन्छ । मादल झ्यालि सहित झ्याउरे भाका मै हुन्छ । गाउँका बृद्ध देखि युवायुवती सबै सहभागी हुन्छन् । उठेकाे रकम सामाजिक काममा लगाउँ छाै अध्यक्ष हर्क गुरुङ बताउँछन् ।
कुपा युवा समाज धादिङ कै नमुना क्लब हाे यसले युवा खेलाडीका लागि कुपा कप, (दाैड/फुटबल), ल्हाेछार हाेस वा गाउँकाे नियमित सरसफाइ जस्ता कार्यहरु गर्दै आईरहेकाे छ ।