एड्भान्सका विद्यार्थीको देउसीभैलो र भाइटिका

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १३, २०८१

धादिङ । धादिङबेसी स्थित एकड्भान्स एकेडेमीका विद्यार्थीहरुको तिहार विदाको पूर्व विविध कार्यक्रमका साथ देउसीभैलो कार्यक्रम गरेका छन् ।

हिन्दु धर्मावलम्बीहरुको चाडको रुपमा मनाइने तिहार ‘दिपावाली’ पर्व एक सांस्कृतिक पर्वका रुपमा पनि परिचित छ । तिहार पर्व मध्ये भाइटिका मनाइने संस्कारका बारेमा (नेवार, मगर, गुरुङ/तामाङ र ब्राह्मण/क्षेत्री) ले तिहार कसरी मनाउछन् ?विद्यार्थीहरुले नाटक, नृत्य र गायनका माध्यमबाट प्रकाश पार्दै नमुना भाइटिका समेत लगायका थिए ।

कक्षा १ देखि १० सम्मका विद्यार्थीले देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यस पर्व मनाउनाले आफ्नो सांस्कृतिक जगेर्ना गर्नु साथै, दिदिबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र आरोग्यको कामना साथै दिदी बहिनीको सम्बन्ध सधै सुमधुर र प्रगाढ बनोस्, मानिसले प्रकृति र जीवजन्तुमा एकता, सद्भाव र समानताको भावना राखुन् र भांतृत्वको भावनालाई फैलाउन सकोस् भन्ने कामना राखी आ–आफ्नो जातिय संस्कार अनुसारका भाइटिको बारेमा विद्यार्थीलाई जानकारी प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल भीमबहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।