सेर्तुङ ग्रामीण अस्पताललाई ७ रोपनी जग्गा दान, कानुनी जटिलताले २ वर्ष पछि पास

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १३, २०८१

धादिङ । धादिङको रुवी भ्याली गाउँपालिका ३ का चर्चित तामाङले दुई वर्ष पछि बल्ल सेर्तुङ ग्रामीण अस्पताल निर्माणका लागि ७ रोपनी २ आना जग्गा निःशुल्क रुपमा अस्पतालको नाममा आफूले सहमती गरे अनुसार पास गर्न पाएका छन् ।

दुई वर्ष अघि २०७९ पुसमा सेर्तुङ ग्रमीण अस्पताललाई नि:शुल्क जग्गा दान दिने भनेर चर्चित तामाङ र रुवी भ्याली गाउँपालिका बीच आठ बुँदें सहमती भएको थियो । तर कानीनी जटिलता पुरा गर्न लामो समय लागेकोले आस्पतालको नाममा जग्गा आउन लामो समय कुर्नु परेको स्थानीय विपिन तामाङले बताए ।

सरकारी मूल्याङ्कन अनुसार करिब ६० लाख रुपैयाँ पर्ने उक्त जग्गा गाउँपालिकाका अध्यक्ष राम सिंह तामाङ, उपाध्यक्ष, वडा अध्यक्ष र गाउँपालिकाको टोलीले आवश्यक समन्वय र सरकारी प्रक्रिया पूरा गरेपछि तामाङले पास गरिदिएका हुन् । अब गाउँपालिकामा ग्रामीण अस्पताल निर्माणको कार्य अघि बढ्ने गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले धादिङपोष्टलाई बताए ।

दुई वर्ष अघि यस्तो सम्झौता भएको थियो जग्गा दाता तामाङ र पालिका बीच सम्झौता