सेर्तुङ अस्पताललाई नि:शुल्क जग्गा प्रदान

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १२, २०७९

धादिङ । रुबीभ्याली गाउँपालिका स्तरीय सेर्तुङ ग्रमीण अस्पताललाई निशुल्क जग्गा प्राप्त भएको छ । डस्योबुरी घले, पदमबहादुर तामाङ, तेसमान तामाङ, अजु तामाङ र पेरेमाया तामाङले निःशुल्क जग्गा प्रदान गरेका हुन् ।

जग्गादाहरु र गाउँपालिका बीच आज आठ बुँदे संम्झौता समेत भएको छ । सम्झौतामा जग्गा दाताहरुलाई अस्पतालले उपचारमा ५० प्रतिशत छुट गर्ने, जग्गादाताहरुको नाम शिलालेखमा उल्लेख गर्ने, अस्पतालमा कर्मचारी नियुक्ती गर्दा जग्गादाताहरुलाई प्राथमिकतामा राख्ने उल्लेख छ ।

गाउँपालिका अध्यक्ष रामसिंङ तामाङ, उप पाध्यक्ष फेलामा तामाङ लगायत गाउँपालिकाका कर्मचारी र जग्गादाताहरुको उपस्थिति रहेको थियो । नेपाल सरकारको स्वास्थ्य क्षेत्र विस्तार गर्ने नीति अनुसार एक पालिका एक अस्पताल बनाउनु पर्ने मापदण्ड अनुसार रुबीभ्याली गाउँपालिकाले सेर्तुङ ग्रमीण अस्पताललाई पालिका स्तरीय अस्पतालको रुपमा अगाडी बढाएको छ ।