
धादिङ । धादिङको खनियाबास गाउँपालिका ३ स्थित कुरीको कुतिङ खेल मैदानमा जारी फुटबल प्रतियोगितामा १६ टिमले भाग लिएका छन् । ४ समूह बनाएर खेलाईएको टोल स्तरीय उक्त प्रतियोगिता कार्तिक १७ गते सम्म चल्ने छ ।
आदर्श ङर्दिम युवा समाजको आयोजना र कुरि लालुपाते आमा समूहको सहआयोजनामा जारि यस प्रतियोगिताको विजेताले २० हजार २२०, द्वितीयले १० हजार ११० र तृतीय हुने टिमले ५ हजार ५१५ नगद जित्ने छन् । गत वर्ष कुरि गाउँमा आमा समूह स्तरीय फुटबल प्रतियोगिता भएको थियो जु प्रतियोगिता लालुपाते आमा समुहले जितेको थियो ।

‘सुन चौर’ अर्थात् कुरी गाउँ आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षक ठाउँ हो । दार्खाबाट सत्यदेवीको उकालो उक्लिए पछी कृषि पर्यटन र सांस्कृतिक विरासत बोकेको कुरी गाउँ पुगिन्छ । ऐतिहासिक ल्याक्चे कुण्डको सौन्दर्यताले यस गाउँलाई मनमोहक बनाएको छ । यसको प्रचार प्रसारका लागि स्थानीयहरुले नियमित कार्यक्रमहरु गर्दै आईरहेका छन् ।

