मार्पाकमा “वडा अध्यक्ष कप” भलिबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक ११, २०८१

धादिङ । नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष ठाकुर गुरुङ सूचना जारी गर्दै यहि कार्तिक १५ र १६ गते मार्पाक स्थित निरञ्जना माविको खेल मैदान “वडा अध्यक्ष कप पालिका स्तरीय भलिवल प्रतियोगीता २०८१” हुने जनाएका छन् ।

नेत्रावती डवजोङ गाउँपालिका भित्रका वडाहरु बीच हुने यस प्रतियोगिताको पुरस्कार राशी प्रथमलाई २५ हजार, द्वितियलाई १५ हजार र तृतीयलाई १० हजार राखिएको अध्यक्ष ठाकुर गुरुङले धादिङपोष्टलाई बताए ।

सूचनामा उल्लेख भए अनुसार टिम दर्ताको लागि कार्तिक १४ गते ५ बजे सम्म गर्न सकिने छ भने थप जानकारीका लागि निम्न नम्बर ९८४९०६१८३७ बच्चुराम थापा मगर, ९८६१४९१४८४ आइतराम गुरुङ र वडा अध्यक्ष ठाकुर गुरुङ ९८५१२१०९७५ मा सम्पर्क गर्न सकिने बताईएको छ ।