
धादिङ । धादिङको नीलकण्ठ १४ स्थित पात्ले खेल मैदानमा दिन रात संघको आजोजनामा जारी महिला फुटबल प्रतियोगिता नुवाकोट युनाइटेड जितेको छ ।
सोमबार दिउँसो भएको फाईनलमा नुवाकोट युनाइटेडले धादिङको विद्यार्थी उपकार संघ लाई ७-१ को गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो । जित सँगै नुवाकोटले ३० हजार हातपार्यो भने उपविजेता बन्दै विद्यार्थी उपकार संघले १५ हजार पायो । यस्तै सेमिफाईनलमा रोकिएका मेन्दोफोले युवा क्लव र Reload FC टिमले ५–५ हजार पुरस्कार पाए ।
१४ टिम सहभागी यस महिला फुटबल प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडी नुवाकोट टिमबाट जेनिफर राना बनिनु भने उत्कृष्ट गोल रक्षकमा सुशीला चौधरी, उत्कृष्ट डिफेन्डरमा मनिसा तामाङ र सर्वाीधक गोलकर्ता एलिक्स तामाङ घोषित भए ।