
धादिङ । धादिङको नीलकण्ठ २ सिम्लेमा जनजागरण तमु समाज सिम्ले ले आयोजना गरेको फुटबल प्रतियोगिता बागेश्वरी युवा समाज क्लब जुरेथुम टिमले जितेको छ ।
शनिबार सम्पन्न उक्त प्रतियोगिता जिते सँगै जुरेथुमले ५० हजार नगद हातपारेको छ भने फाईनलमा स्तब्ध बन्न पुगेको आयोजक टिम जनजागरण तमु समाज सिम्लेले २५ हजार हात पारेको छ ।
खेल समापन तथा पुरस्कार वितरण कार्यक्रममा नगर उप प्रमुख दिपक विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतासिंह तामाङ, वडा अध्यक्ष ध्वजबहादुर गुरुङ, पर्यटन व्यवसायी चन्द्र रिजाल लगायतको आतिथ्यता रहेकोसमाजका महासचिव अम्बरबहादुर गुरुङले धादिङपोष्टलाई बताए ।