
धादिङ । धादिङको नीलकण्ठ १४ स्थित पात्ले खेल मैदानमा दिन रात संघले आजबाट महिला फुटबल प्रतियोगिता सुरु गरेको छ । प्रतियोगितामा १४ टिम सहभागि छन् ।
दिन रात संघका बसन्त तामाङका अनुसार प्रतियोगिताको उद्घाटन विद्यार्थी उपकार संघको अध्यक्ष सरिता तामाङद्वारा भएको थियो । आजको खेलमा आयोजक टोली र भंगेरी युथ क्लब (V.Y.C) बीचमा सम्पन्न थियो । खेलमा V.Y.C ले दिन रात टोलीलाई ५-० गोलअन्तरले पराजित गर्दै उत्कृष्ट जित हासिल गर्यो । V.Y.C को जितका लागि मञ्जु तामाङले ३ गोल गर्दै खेलमा अग्रता दिलाएकी थिईन भने कुसुम लोप्चन तामाङ र अनिता तामाङ ले १-१ गोल थपे । यस शानदार जितसँगै V.Y.C क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको पुरस्कार प्रथम ३० हजार, द्वितिय १५ हजार र सेमिफाइनल लिस्टलाई ५/५ हजार रहेको जनाईएको छ ।
