लगनशिलको ११ औं अनकन्या कपको आज क्वाटफाईनल

Avatar photo
Dhadingpost
बुधबार, अशोज ३०, २०८१

धादिङ । लगनशिल युवा क्लबको आयोजनामा ज्वालामुखी -७ स्थित धारापानी खेल मैदानमा असोज २८ गते देखि जनारी ११ औं अनकन्य कप २०८१ फुटबल प्रतियोगिता आज क्वाटर फाईनलका खेलहरु हुने छन् ।

आज हुने क्वाटर फाईनलको पहिलो खेल ८ बजे .A.M.C VS L.Y.C ‘A’ बीच हुने छ भने दोस्रो खेल १० बजे Maidi United VS Jwalamukhi S.S बीच हुने छ । यस्तै दिउँसो १२ बजे S.Y.D.S VS Yekata F.C र २ बजे Aanakanya -11 VS Targau Y.C बीच हुने छ ।

प्रथम पुरस्कार १ लाख ६० हजार, द्वितिय पुरस्कार ७५ हजार रहेको छ भने उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट डिफेन्डरलाई ४ हजार, उत्कृष्ट गोलरक्षकलाई ४ हजार उदयीमान खेलाडीलाई ४ हजार र सर्वाधिक गोलकर्तालाई ४ हजार प्रदान गरिने यस प्रतियोगिताका फाईनलका खेल कार्तिक १ गते हुने छ ।