लापाको फुटबल सायनले जित्यो

Avatar photo
Dhadingpost
शनिबार, अशोज २६, २०८१

धादिङ । रुवी भ्याली ५ लापामा सम्पन्न भएको फुटबल प्रतियोगिता आयोजक शहिद स्मृति प्रतिष्ठा रुवी भ्याली (सायन) ले जितेको छ ।

फाईलमा आयोजक सँग पराजित बन्न पुगेको पा.च.पा. ‘A’ लापा दोश्रो, तिप्लिङ समुह तेस्रो र सेर्तुङ ‘A’ समूह सान्त्वना भए ।

जितेता प्रथमलाई ७१ हजार १११, द्वितियलाई ४२ हजार २२२ र तृतियलाई २३ हजार ३३३ नगद प्रदान गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले असोज २१ गतेका थिए भने पुस्कार वितरण समारोहका प्रमुख अतिथि पालिका प्रमुख रामसिंह तामाङ थिए ।