सल्यानटार क्रिकेट धादिङ समाज धादिङले जित्यो

Avatar photo
Dhadingpost
शनिबार, अशोज २६, २०८१

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा असोज २१ गते देखि जारी खुल्ला क्रिकेट प्रतियोगिता धादिङ समाज धादिङले जितेको छ ।

७ टिमको प्रतिस्पर्धा रहेको यस प्रतियोगिताको फाईनलमा नागेश्वरी क्रिकेट टिमपराजित गर्दै धादिङ समाज धादिङले प्रथम पुस्कार हात पारेको हो ।

धादिङ क्रिकेटका धरोहर क्रिकेट अभियान्ता कार्यक्रममा प्रमुख प्रमख अतिथि उदय थापाले विजेता लाई ३५ हजार र उप विजेताले २५ हजार प्रदान गरेका थिए ।