लापामा फुटबल प्रतियोगिता सुरु

Avatar photo
Dhadingpost
सोमवार, अशोज २१, २०८१

धादिङ । शहिद स्मृति प्रतिष्ठा रुवी भ्यालीले दशैंको अवसरमा वडा नम्बर ५ स्थित लापामा आयोजना गरेको पालिका अध्यक्ष कप फुटबल प्रतियोगिता आजबाट सुरु गरेको छ ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतासिंह तामाङले आज एक विशेष कार्यक्रमका बीच प्रतियोगिता उद्घाटन गरेका थिए । प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

असोज २५ गते सम्म चल्ने उक्त प्रतियोगिताको पुरस्कार राशी प्रथमलाई ७१ हजार १११, द्वितियलाई ४२ हजार २२२ र तृतियलाई २३ हजार ३३३ जगद रहेको आयोजक संस्था शहिद स्मृति प्रतिष्ठा रुवी भ्यालीका अध्यक्ष म्लाङ्गे तामाङले धादिङपोष्टलाई बताए ।