सल्यानटार क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

Avatar photo
Dhadingpost
आइतवार, अशोज २०, २०८१

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा भोली असोज २१ गते हुने खुल्ला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

तालिकामा उल्लेख भए अनुसार उक्त प्रतियोगिताको पहिलो चरणको खेलमा ७ टिमले दुई समूहमा प्रतिपर्धा गर्ने छन् । समूह १ मा आयोजक सल्यानटार क्रिकेट क्लव, नागेश्वरी क्रिकेट टिम बी, रोयल सल्यानटार क्रिकेट टिम र धुवाँकोट क्रिकेट टिम रहेका छन् भने समूह २ मा तल्लो बेसी क्रिकेट टिम, नागेश्वरी क्रिकेट टिम ए र मलेखु क्रिकेट टिम रहेका छन् ।

प्रथम पुरस्कार ३५ हजार र उपविजेतालाई २५ हजार प्रदान गरिने यस प्रतियोगिताको उद्घाटन खेल सोमबार बिहान ७:३० बजे नागेश्वरी क्रिकेट टिम बी र आयोजक सल्यानटार क्रिकेट क्लव बीच हुने बताईएको छ ।