
धादिङ । नीलकण्ठ नगरपालिका १४ धुवाँकोटका समिर गुरुङले थाइल्याण्डमा सम्पन्न खुल्ला अन्तराष्ट्रिय तोक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल भएका छन् ।
जनआवाज युवा क्लब माने धुवाँकोटका अध्यक्ष राजेश गुरुङका अनुसार समिरले ३७ केजी तौल समूहमा आयोजक राष्ट्र थाइल्याण्डलाई हराउँदै नोपालका लागि स्वर्ण जितेका हुन् ।
समिरले वनस्थली रानीवन स्थित च्याम्पियन मार्शलआर्टमा तेक्वान्दो खेल्दै आएका छन् । उनी सहित नेपालबाट विभिन्न तौल समूहका ८ जना सहभागी उक्त प्रतियोगितामा आठ देशका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।








