नीलकण्ठ २ सिम्लेमा फुटबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
बुधबार, अशोज १६, २०८१

धादिङ । नीलकण्ठ २ सिम्लेमा जनजागरण तमू समाजले विजय दशमीको पावन अवसरमा यहि असोज २९ गतेदेखि कार्तिक ३ गतेसम्म 6A Side खुल्ला नकाउट फुटबल प्रतियोगिता गर्ने भएको छ ।

उक्त प्रतियोगिताको पुरस्कार विजेतालाई ५० हजार, उप विजेतालाई २५ हजार र उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई जनही ३ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।