
धादिङ । नीलकण्ठ नगरपालिका १० धादिङ टारीबेसी निवासी भरतपुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी जय पाठक (जेपी) भरतपुर अस्पताल, चितवनले आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट ४ मा पर्न सफल भएका छन् ।
भाद्र १५ गतेको “भरतपुर अस्पतालमा महिलालाई अझै सेवा मैत्री बनाउन कुन-कुन ठाँउमा बढी ध्यान दिनुपर्छ” र भाद्र २६ गतेको “भरतपुर अस्पताललाई अझै सेवा मैत्री बनाउन कुन-कुन ठाँउमा बढी ध्यान दिनुपर्छ ?” भन्ने शिर्षकको निबन्ध लेखन प्रतियोगितामा धादिङका जेपी सहित सीमा भण्डारी, विन्दु बास्तोला र शिशिर अधिकारी उत्कृष्ट चारमा पर्न सफल भएका हुन् ।
उत्कृष्ट चारैजनालाई नै विजेता घोषणा गरिएको र असोज १७ गते घटस्थापनाको दिन नगद सहित सम्मान गरिने भरतपुर अस्पतालले जनाएको छ ।
भरतपुर अस्पतालले उत्कृष्ट कर्मचारीका रुपमा धादिङका जेपीलाई २०७८ चैत्रमा सम्मान गरेको थियो भने २०८० भदौमा भरतपुर अस्पतालले नै आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा धादिङका रामथापा क्षेत्री पथम भएका थिए भने जेपी दोस्रो भएका थिए ।