निम्बन्ध लेखनमा धादिङका डा. रामथापा क्षेत्री प्रथम र जेपी पाठक द्वितीय

Avatar photo
Dhadingpost
आइतवार, भदौ ३, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ३ धादिङबेसी निवासी डाक्टर रामथापा क्षेत्री पेशाले हेटौंडा अस्पतालका मेनेजर हुन् । उनै थापा क्षेत्री भरतपुर अस्पतालले आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा प्रथम भए भने धादिङ नीलकण्ठ १० टारिबेसी घर भई भरतपुर अस्पतालमा कार्यरत जेपी पाठक द्वितीय भए ।

सामाजिक अभियान्तको रुपमा समेत चिनिने यी दुई जना भरतपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) भएको भए के गर्नुहुन्थ्यो ? भन्ने शिर्षकमा भरतपुर अस्पतालले आयोजना गरेको निबन्ध लेखनमा प्रथम र द्वितीय भएका हुन् ।

प्रतियोगितामा भरतपुर अस्पतालका रामहरि ढकाल पनि दोस्रो बने भने चितवन माडीमा सौगात पोखरेल सान्त्वना भय । विजेताहरुलाई भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले नगदसहित प्रमाणपत्रले पुरस्कृत गरेका थिए ।