धादिङ । पहिरोमा परि ज्यान गुमाएका धादिङको १ सहित ६ जना बाल प्रशिक्षार्थी फुटबल खेलाडीको सम्झनामा धादिङबेसीमा सोमबार साँझ दिप प्रज्वलन सहित श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।
असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ वात्सल्यदेवी उच्च माविमा एन्फाले सञ्चालन गरेको आवासीया सुविधा सहितको एकेडेमीमा प्रशिक्षणरत वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै गर्दा पहिरोमा परी धादिङका गल्छी गाउँपालिका ३ का प्रियन्स आचार्य सहित ६ जना खेलाडीहरुको निधन भएको थियो ।
उक्त पहिरोमा परी प्रशिक्षर्थी खेलाडीहरु दिवस बानियाँ, धादिङका प्रियन्स आचार्य, अनुपम घलान, साइमन योन्जन, विकल रेग्मी र आदित्य बलम्पाखीको मृत्यु भएको थियो ।
मृतक खेलाडीहरुको सम्झनामा धादिङको धादिङ फुटबल संघ र ब्वाईज यूनाईटेडले संयुक्त रुपमा धादिङबेसीमा दिप प्रज्वलन सहित श्रद्धाञ्जली कार्यक्रम गरेका हुन् ।