हाजिरीजवाफमा नीलकण्ठ बालमन्दिर मावि प्रथम

Avatar photo
Dhadingpost
बिहिबार, अशोज ३, २०८१

धादिङ । नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजना गरेको माध्यमिक तह कक्षा (९-१०) स्तरीय हाजिरीजवाफ प्रतियोगितामा नीलकण्ठ माविको “समूह-ख” प्रथम र नीलकण्ठ मा वि कै “समूह-क” द्वितिय भएको छ ।

२८ टिम सहभागी उक्त प्रतियोगितामा नीलकण्ठ माविको “समूह-ख” रस्विन अर्याल, कृतन लंसाल र कृति श्रेष्ठले १९० अंक ल्याउँदै प्रथम र “समूह-क” सन्ध्या तिमल्सिना, आयुष भण्डारी र दिप्सन छत्कुलीले १३० अंक ल्याउँदै द्वितिय भएको नगरपालिकाका शिक्षा अधिकृत प्रकाश दत्त भट्टले धादिङपोष्टलाई बताए ।

९ राउण्डका प्रश्नहरु सोधिएको उक्त प्रतियोगितामा अन्य विद्यालयबाट १/१ टिम सहभागी भएपनि नीलकण्ठ बालमन्दिर मावि बाट २ टिम सहभागि हुनुका कारण विद्यार्थीहरुको संख्या धेरै भएर हो । ९ र १० मा त्रै ७०० विद्यार्थी छन् विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीले बताए ।

प्रतियोगितामा १२५ अंक ल्याई चिल्ड्रेनपार्क आवासिय मावि तृतीय र १०५ अंकका साथ न्यू किबो सान्तोना भएका छन् । प्रतियोगि २८ टिम मध्य देउराली मावि अंक विहिन भएको थियो, भने महेन्द्र माविले ५ अंक मात्रै ल्याएको थियो । नीलकण्ठको शिक्षा शाखाले हाजिरीजवाफ प्रतियोगिता सँगै मंगलबार नगर क्षेत्रभित्रका विद्यालयहरुबाट परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई समेत सम्मान गरेको थियो ।