धादिङ । नवीन राप्रपा कार्ययोजना अन्तर्गत राप्रपाले ४० वर्ष मुनिका १० पुरुष र १० महिला गरी २० जनालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गर्दा धादिङबाट बिना लामा परेकी छिन् ।
नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेअनुसार तय भएको मापदण्ड अनुसार धादिङबाट उनी केन्द्रीय सदस्यमा मनोनित भएकी हुन् । उनी राप्रपाको संसदीय दलको सचेतक समेत हुन् ।