नीलकण्ठ नगरपालिकाले संविधान दिवस मनाउने

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १, २०८१

धादिङ । नीलकण्ठ नगरपालिकाले संविधान दिवसको अवसरमा गरिने कार्यक्रमहरुको सूची सार्वजनिक गरेको छ ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सूचना जारी गर्दै असोज २ गते राष्ट्रिय शिक्षा दिवसको अवसरमा ” ज्ञान, विज्ञान, सीप, उद्दम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता” भन्ने राष्ट्रिय आदर्श वाक्यका साथ विद्यालयस्तर र पालिकास्तरमा तपसिल बमोजिमका विविध रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित राष्ट्रिय शिक्षा दिवस मनाउने जनाएको हो ।

शिक्षा अधिकृत प्रकाश दत्त भट्टका अनुसार पहिलो चरणको कार्यक्रम नगरपालिका क्षेत्रकाका विद्यालय सेवा क्षेत्र भित्र राष्ट्रिय आदर्श वाक्यसहित प्रभातफेरी गरिने छ । दोस्रो चरणको कार्यक्रम बिहान ९ बजेबाट नगरपालिकाको सिटिहलमा कक्षा ९–१० स्तरीय हाजिरीजवाफ प्रतियोगीता हुने छ ।

यस्तै दिउँसो पालिकास्तरमा सामुदायिक तथा संस्थागत विद्यालयहरु तर्फ शैक्षिक सत्र २०८० मा कक्षा ८, कक्षा १० र कक्षा १२ मा उत्कृष्ट न्एब् सहित प्रथम, द्वित्तीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई सम्मान तथा विद्यार्थीहरुको उत्तिर्ण प्रतिशतका आधारमा उत्कृष्ट विद्यालयहरुलाई सम्मान गरिने कार्यक्रम रहेको शिक्षा अधिकृत भट्टले बताए ।