धादिङ । धादिङको खनियाबास गाउँपालिका स्थित कुरीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको साना विकास परियोजना मार्फत भारतिय दुतावासको सहयोगमा प्रसुती केन्द्र भवन निर्माण हुने भएको छ ।
गाउँपालिका उप-प्रमुख सेक्केमान तामाङका अनुसार प्रसुती केन्द्रको भवन निर्माणका लागि दुतावासले २ करोड ८४ लाख वजेट विनियोजन गरेको छ ।
यस अघि तात्कालिन प्रदशे सांसद जगत सिंखडाले ३५ लाख विनियोजन गरेका थिए । अब सोही ठाउँमा दुतावासको वजेटले सुविधा युक्त भवन बनाईने उनले धादिङपोष्टलाई बताए ।
वजेट विनियोजनका लागि सहयोग गरेको भदै उनले आफ्नो सामाजिक सञ्जाल मार्फत सह-सचिव हेमराज तामाङ बधाई समेत दिएका छन् ।