धादिङका रमेश कडेल, बेल्जियमको स्थानीय निर्वाचनमा उम्मेद्वार

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २८, २०८१

धादिङ । बेल्जियममा आगामी अक्टोबर १३ मा हुने स्थानीय निकायको निर्वाचनमा ब्रुज नगरपालिकाको पालिका सदस्यमा धादिङको मलेखु घर भई विगत २ दशक देखि बेल्जियम बस्दै आएका रमेश कँडेलले नगरपरिषद सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

प्रवासी नेपालीहरुबीच लोकप्रिय पार्टीको रुपमा रहेको भोराउत पार्टीबाट उनी नगरपरिषद सदस्यमा उम्मेदवारी दिने भएका हुन् । भोराउतको मुल नारा “तपाई अगाडि जाने कि पछाडि” भन्ने रहेको छ ।

पिता कमलराज कँडेल र माता एकमाया कँडेलका प्रथम सुपुत्रका रुपमा धादिङ, मलेखुमा जन्मिएका कँडेल २०७८ को एनआरएनए बेल्जियमको चुनावमा ७६६ मतका साथ विजयी महासचिवमा विजयी भएका थिए । यस अर्थमा पनि उनी प्रवासी नेपालीहरुको रुचाईएको पात्र हुन् ।

ब्रुज क्षेत्रमा नेपाली भाषीहरुको सम्मान जनक बसाई भएकोले आफुले नेपाली लगायत अन्य समुदायको भाषा, धर्म, कला, संस्कृति संरक्षण र सम्वर्धका लागि नगरपालिका र पार्टीसंग मिलेर ठोस काम गर्ने कडेल बताउँछन् ।