काठमाडौं । नेपाली राजनीतिक वृतमा चर्चित युवा नेतृ रामकुमारी झाँक्री नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई सँग पराजित भएकी छिन् । झाँक्रीले ११३ मत पाउँदा विजयी भएकी राईले १९८ मत पाइन् ।
चुनावमार्फत १७ जना पदाधिकारी छानेको नेकपा एकीकृत समाजवादीले महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित हुँदा उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह निर्वाचित हुँदा खुला उपाध्यक्ष पदमा डा गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् ।
यसैगरी उपमहासचिव पदमारामकुमार भट्टराई मेटमणि चौधरी गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।
यस्तै सचिव (दलित समुदाय) पदमा गणेश बहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाती) पदमा बलदेव चौधरी, सचिव खुलामा श्रनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, सावित्राकुमारी भुसाल विजयी भएका छन् ।