धादिङ । घटना कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका–७ महुलियाको हो । शुक्रबार राति सुतिरहेको अवस्थामा सर्पले डस्दा एकै घरमा दिदी बैनीको मृत्यु भएको छ भने हजुर आमा मेनुका घर्तीमगर घाईते भएकी हुन् ।
मृत्यु हुनेमा ४ वर्षीया काजल र ७ वर्षीया निता घर्तीमगर छन् । सर्पले डसेपछि स्थानीय अस्पतालबाट थप उपचारको लागि धनगढी ल्याइएको थियो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनीहरु दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्की जनाए ।
घाईते हजुर आमा मेनुका घर्तीमगरको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ । फोटो स्रोत नेपाल प्रेसबाट