धादिङ । बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग खेल्न जान लागेका खेलाडीहरुलाई धादिङ जिल्ला तेक्वान्दो संघले विधाई गरेको छ । प्रतियोगिता भदौ १ र २ गते नागार्जुन कभर्डहल स्युचाटारमा हुनेछ ।
काठमाडौं जिल्ला समन्वय समिति तथा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको आयोजनामा हुन लागेको उक्त लिगमा धादिङबाट विभिन्न तौल समूहका १४ जनाले सहभागिता जनाउने भएका छन् भने धादिङ टिमको कोचको रुपमा धादिङ जिल्ला तेक्वान्दो संघका कोषाध्यक्ष एवम् तेक्वान्दो प्रशिक्षक डेनिड विक रहेका छन् ।
प्रतियोगितामा सहभागिता जनाउन लागेका खेलाडी तथा कोचलाई धादिङ जिल्ला तेक्वान्दो संघले जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय प्रमुख एवम् राखेपका तेक्वान्दो प्रशिक्षक रमेशमान तुलाधरको उपस्थितिमा आज विदाई गरेको छ ।
धादिङबाट सहभागि हुने खेलाडहरु
१. आयूष तामाङ ५०-५४ केजी तर्फ
२. अन्जिता तामाङ ४३-४६ केजी तर्फ
३. आशिका तामाङ ४०-४३ केजी तर्फ
४. धन मगर ५३-५७ केजी तर्फ
५. कविता तामाङ ४९-५३ केजी तर्फ
६. प्रदिप तामाङ ४६-५० केजी तर्फ
७. प्रमिता तामाङ ४६-४९ केजी तर्फ
८. सुजन कुमाल ४६-५० केजी तर्फ
९. करुण दर्जी ५०-५३ केजी तर्फ
१०. निर्जला धरेल ५३-५६ केजी तर्फ
११. पावल तामाङ ५०-५४ केजी तर्फ
१२. रितु बोहरा ४०-४३ केजी तर्फ
१३. रोहिणी लामा तामाङ ४३-४६ केजी तर्फ
१४.रोशन थापामगर ४६-५० केजी तर्फ
टिम कोचः डेनिड बिक
खेलाडीको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले बागमती प्रदेशभित्रका १३ जिल्लाबीच लिग सञ्चालन गर्न लागिएको हो आजे बेलुका सम्ममा सबै जिल्लाका खेलाडीहरु काठमाडौ आई सक्ने काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले धादिङपोष्टलाई बताए ।
लिगमा पुरुषमा पाँच तथा महिलामा पाँच गरी १० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजी तल समूहमा प्रतिस्पर्धा हुनेछ ।
लिगमा पहिलो हुनेले १० अंक, दोस्रोले ७ अंक र तेस्रो हुनेले ३ अंक पाउने छन् । हरेक लिगका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई अर्को लिगमा खान, बस्न र याताया तलगायतका खर्च आयोजकले बेहोर्ने बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले जानकारी दिए । लिगभरिको प्रदर्शनका आधारमा उत्कृष्ट हुने खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने जनाइएको छ ।