रियाद । नेकपा माओवादी केन्द्रको परदेश संगठन नेपाली जनप्रगतिशिल मञ्च साउदी र रियाद क्षेत्रिय समितिले साउदीको मरभूमिका ५ महिना देखि बन्धक बनाईएका एक जना नेपालीको उद्दार गरि नेपाल पठाएको छ ।
प्रिन्स इन्टरनेसनल इम्प्लोएमेन्ट मार्फत साउदी पुगेका तुलसीपुर नगरपालिका बिजौरी दाङ निवासी गोपाल घर्तीलाई हाम्रो संगठनले उदुदारगरि घर फर्काएको जनप्रगतिशिल मञ्च साउदीका सचिव एवम् धादिङ ज्वालामुखीका हरिभक्त मगरातीले धादिङपोष्टलाई बताए ।
पिडितको आफन्तबाट ५ महिना मरुभूमिमा बन्दक बनाई बिना तलबमा काममा लगाएको, निरन्तर कुटपिटमा परेको कुरा हाम्रो संगठमा आएपछि । नेपाली जनप्रगतिशिल मञ्च रियाद क्षेत्रीय समितिका अध्यक्ष सुरेश सुनार, क्षेत्रीय समिती कोषाध्यक्ष अमृत थापा मगर, राष्ट्रिय कमिटी उपाध्यक्ष गङ्गा गोदार र राष्ट्रिय कमिटी सचिव सिताराम रिमालको निरन्तर प्रयासबाट उहाँलाई उद्दार गरि नेपाल पठाउन सफल भएको उनले बताए ।
उद्दार पछि भएको भेटघाट कार्यक्रममा प्रदेश कमिटि सदस्य तथा पश्चिम एशिया महाशाखाका सचिव कमल शाही “निर्मल” ले कागजात हस्तान्तरण गर्दै भाबी दिनमा वैदेशिक रोजगारमा जाँदा आफू लगायत साथी भाईलाई पनि सजग र सक्षम बन्दै बुझेर लाग्न सुझाब दिएका थिए ।