काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इमर्जेन्सीमा उपचार गर्न आउने बिरामीलाई नफर्काउन स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेको छ ।
विज्ञप्ति जारी गर्दै मन्त्रालयले नेपालको संविधानले नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्ने भनेको र जनस्वास्थ्य ऐन २०७५ ले आपतकालीन अवस्थामा परी जीवन जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिहरुको जीवनलाई जोखिममुक्त गर्न, जीवन वा अंग गुम्नबाट बचाउन आवश्यकता अनुसार दिनुपर्ने तत्कालको सेवालाई आकस्मिक सेवा भनेको छ ।