धादिङ । नेकपा एमाले धादिङ-काठमाडौ सम्पर्क मञ्च अन्तर्गत ज्वालामुखी गाउँपालिका-काठमाडौ सम्पर्क मञ्चको तेस्रो सम्मेलनबाट मनिश अधिकारी अध्यक्षमा चयन भएका छन् ।
उक्त सम्मेलनबाट उपाध्यक्षमा हिरा बहादुर राना मगर, अस्मिता खनाल, सचिवमा ध्रुव अर्याल, उपसचिवमा सबिना आलेमगर, उपसचिवमा कृश्मा श्रेष्ठ, कोषाध्यक्षमा सुशीलचन्द्र इटनी र सदस्यहरुमा हरि शर्मा, जनक भट्ट, लेखबहादुर श्रेष्ठ, शंकर भण्डारी, साजन परियार, अरुण सिलवाल र राम गिरी चयन भएका छन् ।
नितु शाह बुढाथोकीका अनुसार कार्यक्रममा नेकपा एमालेका सचिव योगेश भट्टराईको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज खेम प्रसाद लोहनी, जिल्ला अध्यक्ष भूमि त्रिपाठी, नेताहरु चन्द्र रिजाल, उमेश थापा, खेम पाठक लगायतको आतिथ्यता रहेको थियो ।