कृषि मन्त्रालयका कर्मचारी फेरि आन्दोलित

Avatar photo
Dhadingpost
बिहिबार, साउन १७, २०८१

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले समास्य समाधानका लागि केहि दिन पर्खन भनेपछि रोकिएका कर्मचारीहरूले मन्त्रीले आश्वासन मात्रै दिनेर माग पुरा गर्न कुनै भूमिका नखेलेको भदै फेरि आन्दोलन सुरु गरेका छन् । समायोजनपछि बढुवा नभएको भन्दै उनीहरुले मन्त्रालयको प्रवेशद्वारमा धर्ना बसेका छन् ।

सङ्घमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषि तर्फका थप समायोजन भएको जनशक्ति रहेको ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्नेजस्ता माग राखेर कर्मचारी आन्दोलनमा छन् ।

उनीहरुले कृषि सेवाअन्तर्गत कृषितर्फका प्राविधिक कर्मचारीहरूको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने र कृषि सेवाको कृषि तर्फका समूहको हकमा सर्वोच्च अदालतबाट रिक्त रहेको पदमा पदपूर्ति हुन भएको परमादेश कार्यान्वयन हुनुपर्ने माग पनि राखेका छन् ।