काठमाडौं । मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट १३ अर्ब ३३ करोड ऋण लिने निर्णय गरेको छ । बैठकले उक्त रकम प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि खर्च गरिने निर्णय समेत गरेको छ ।
बैठकले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने ७४ दशमलव ६ मिलियन एसडीआर अर्थात १ हजार मिलियन अमेरिकी डलर बराबरको सहुलियत पूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
यस्तै सोमबार बसेको मन्त्रिपरिषद बैठकले ५ देशको राजदूतलाई फिर्ता बोलाउने र १८ देशका लागि नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको छ ।