
धादिङ । भुटानमा सम्पन्न एसियाली कराँते महासंघको प्रशिक्षक परीक्षा उतिर्ण गर्दै धादिङको धुनीबेसी कराते डोजोका प्रमुख मिथुन तामाङ (घिसिङ) ले अन्तराष्ट्रिय एकेएफ लाईसेन्स प्राप्त गरेका छन् ।
केहि महिना अघि मात्रै राष्ट्रिय प्रशिक्षक लाईसेन्स लिएका उनले अहिले एसियाली कराँते महासंघले भुटानमा लिएको परिक्षा पास गरे सँगै उनी अन्तराष्ट्रिय प्रशिक्षक बनेका छन् ।
०५४ सालबाट कराते खेल्न सुरु गरेको उनले २०६४ साल देखि ककनी डोजो नुवाकोटमा प्रशिक्षक भै खेल सिकाउन थालेका थिए ।
०७४ साल देखि धुनिबेशी डोजोको प्रमुख रहेका उनले आफ्नो सफलतामा दाजु हरि लामा र ठमेल डोजोका प्रमुख तथा राष्ट्रिय खेलकुद परिषदको कराते प्रशिक्षक सन्तोष श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।