धादिङ अस्पतालले माग्यो, ४४ जना स्वास्थ्यकर्मी

Avatar photo
Dhadingpost
बिहिबार, साउन ३, २०८१

धादिङ । प्रादेशिक धादिङ अस्पतालले ४४ जना स्वास्थ्य कर्मचारी माग गरेको छ । बुधबार सूचना जारी गरी अस्पतालले करार सेवामा चिकित्सक स्वास्थ्यकर्मी माग गरेको हो ।

विभिन्न विधाका गरी नवौँ तहका ७ जना विशेषज्ञ चिकित्सक मागिएको छ । आठौँ तहमा ५ जना मेडिकल अफिसर र १ जना डन्टल सर्जन मागेको छ । यस्तै विभिन्न विषयमा गरी सातौँ तहमा ३ जना, १० जना स्टाफ नर्ससहित पाचौँ तहमा २४ जना माग गरेको छ ।

योग्यता पुगेका इच्छुकलाई साउन १ गतेको १५ दिनभित्र आवेदन दिन भनिएको छ । आवेदन शुल्क नवौँ तहका लागि २००० रुपैयाँ, आठौँ र सातौँ तहका लागि १२००, पाचौँका लागि ७०० तोकिएको निमित्त अस्पताल निर्देशक गगन अधिकारीले धादिङपोष्टलाई बताए ।