छोराबुहारीले जङ्गल छाडेका ७० वर्षीय वृद्धको उद्धार

Avatar photo
Dhadingpost
साउन २, २०८१

मोरङ । मोरङ बेलबारी ७ का ७० वर्षीय जामुनलाल झाँगडलाई आफ्नै छोराबुहारीले जङ्गल लगेर छाडेको थिए । चार दिनपछि उनलाई उद्दार गरिएको छ ।

बेलबारी चिसाङ साझेदारीको गस्ती टोलीले मंगलबार बिहान वृद्धलाई भेटेर उद्धार गरेको हो ।

‘छोराबुहारीले नै मोटरसाइकलमा बसाएर बिच जंगलमा लगेर छाडिदिए थिए । चार दिनपछि जंगलबाट उद्दार गरिएका उनलाई अस्पताल भर्ना गरिएको छ ।

बेलबारी नगरपालिका–७, डाँगी टोलमा बस्दै आएका वृद्धका छोराबुहारी भनेअहिले सम्म पक्राउ परेका छैनन् खोजिकार्य भईरहेको प्रहरीले जाएको छ ।