आजका दिन तुलसी किन सारिन्छ ?

Avatar photo
Dhadingpost
बुधबार, साउन २, २०८१

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सार्ने चलन छ । यहि परम्परा अनुसार आज अधिकांश नेपालीहरुले तुलसीको विरुवा सार्दै छन् ।

तुलसीको धार्मीक महत्व:
सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीक मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । यस अवधिमा भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । यस चतुर्मासमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको छ । आजैदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ । वर्षका २४ एकादशीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ ।

फलस्वरुप विष्णुलाई हजारौं वर्षसम्म कहिले पिपल त कहिले तुलसी लगायत विभिन्न वनस्पति बनेर जमिनमा रहनुपरेको थियो । सोही क्रममा तुलसी भगवान विष्णु भएको थाहा पाएर मानिसहरूले पुजा आरधाना गर्न थाले । आज पनि हिन्दु धर्ममा तुलसीलाई भगवान विष्णुको रूपमा पूजा गरिन्छ ।

तुलसीको वैज्ञानिक महत्व:
वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ। तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत छ। वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ भने तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ।

तुलसीका औषधिय गुणः

  • अध्ययन अनुसार ‘एन्टीअक्सिडेन्ट’ ले मुटुको समस्या, संक्रमण र कतिपय क्यान्सर हुने जोखिम घटाउन पनि सघाउँछ ।
  • तुलसीको पात काँचै चपाएर पनि खान सकिन्छ । पातको चूर्ण बनाई अदुवा, मरिच आदि मिसाई चिया बनाएर पिउँदा फाइदाजनक हुन्छ ।
  • यसको उपयोगले पाचनक्रिया सक्रिय पार्ने, भोक जगाउने, झाडाबान्ता रोक्ने काम गर्छ ।
  • तुलसीको पत्ता र जिरा पिसेर दिनमा तीन–चार पटक खाँदा पखाला रोकिन्छ ।
  • अजीर्ण अर्थात् अरुचि जस्ता सामान्य समस्यादेखि मुटु, मिर्गौला, कलेजो जस्ता जटिल समस्यामा तुलसी उपयोगी हुन्छ ।
  • तुलसीका चार–पाँच वटा पात चपाएर खाएमा पेटमा भएका कीरा नष्ट हुन्छन् । सासको दुर्गन्ध नियन्त्रणमा पनि तुलसीको पतले फाइदा गर्छ ।
  • तुलसीको रसले मालिस गर्दा हड्डीहरू बलियो हुन्छन् भने छालाका दागहरू हटाई चमक समेत बढाउँछ ।
  • चिसो लागेमा वा हल्का ज्वरो आउँदा तुलसीको पात, मरिच र मिस्री पानीमा राम्ररी पकाएर बनाइएको काढा पिउँदा फाइदा हुन्छ । यसले चिसोका कारण हुने छातीको दुखाइ र कफ घटाउँछ ।
  • तातोपानीमा तुलसीलाई मिसाएर खाँदा टाउको दुखाइ, चिसोले नाक बन्द हुने समस्याबाट राहत मिल्छ ।
  • खाली पेटमा नियमित दूधमा तुलसी मिसाएर खाँदा दम र श्वास–प्रश्वास सम्बन्धी रोगबाट छुटकारा पाउन सकिने समेत देखाएको छ ।
  • सुत्ने बेला तुलसीको पाँच ग्राम बीउ तातो दूधसँग पिउँदा शारीरिक कमजोरी हट्छ ।
  • कपाल झर्नबाट रोक्न पनि तुलसीको पत्ताको धूलो उपयोगी हुन्छ । यसले टाउको चिलाउने समस्या कम गर्छ, शिरको रक्तसंचार बढाउँछ, जसबाट कपालले पर्याप्त पोषण पाउँछ र कपाल झर्न दिंदैन ।
  • शरीरमा चोट लाग्दा तुलसीको पत्तालाई फिटकिरीसँग मिलाएर लगाउँदा घाउ छिटै निको हुन्छ ।किनकि तुलसीमा एन्टी–ब्याक्टेरियल तत्व हुन्छ, जसले घाउ पाक्न दिंदैन ।