न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी प्रथम

Avatar photo
Dhadingpost
शनिबार, असार २३, २०८१

धादिङ । ज्नस्वास्थ्य कार्यालय धादिङको न्यूनतम सेवा मापदण्ड (MSS) मुल्याङ्कनमा ८७ अङ्क साथ ढोला स्वास्थ्य चौकी प्रथम भएको छ ।

यस्तै ७९ अङ्क ल्याएर जोगीमारा स्वास्थ्य चौकी र मुरली भन्ज्याङ स्वास्थ्य चौकी दास्रो भएको छ भने ७४ अङ्क ल्याएर बुढाथुम स्वास्थ्य चौकी तेस्रो हुन सफल भएका छन् ।

सुशासन, क्लिनिकल सेवा र क्लिनिकल सहयोग सेवामा आधारित रहेर मुल्याङ्न गरिएको जनस्वास्थ्य कार्यालय धादिङका सूचना अधिकारी तोया छत्कुलीले धादिङपोष्टलाई बताए ।