काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले मूल्यवृद्धिपछिको नुनको खुद्रा दररेट प्रतिकेजी २६ रुपैयाँ तोकेको छ । यसअघि नुनको मुल्य प्रतिकेजी २० रुपैयाँ थियो ।
साल्ट ट्रेडिङ सञ्चालक समितिको मंगलबारको बैठकले मंगलबारै राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि हुने निर्णय गरेको हो ।अब एक केजी प्याकेट आयोनुनको थोक मूल्य २३ रुपैयाँ र उपभोक्ता मूल्य २६ रुपैयाँ पर्ने छ।
नेपालमा वार्षिक दुई लाख २० हजार टन नुन खपत हुने गरेको साल्ट ट्रेडिङले जनाएको छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा एक अर्ब ९३ करोड २७ लाख २६ हजार रुपैयाँबराबरको दुई लाख २५ हजार टन नुन आयात भएको भन्सार विभागको तथ्यांक छ ।