ओली चौथोपटक प्रधानमन्त्री बन्दै

Avatar photo
Dhadingpost
मङ्लबार, असार १९, २०८१

काठमाडौं । संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच सत्तासहकार्यको सहमति भएको छ । संसद्को बाँकी कार्यकाल दुई दलले आधा–आधा सरकारको नेतृत्व गर्नेछन् । सुरुमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने कांग्रेस र एमाले बीच सहमती भएको छ ।

सहमतिअनुसार सुरुको डेढ वर्ष ओली र त्यसपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने गरी दुई दलले शक्ति बाँडफाँट टुंग्याएका छन् । ओली नेतृत्वको सरकारमा एमालेले अर्थसहित नौवटा र गृहसहित कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको स्रोतको भनाई छ । सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको छ । जसअनुसार एमालेले कोशी, लुम्बिनी र कर्णाली तथा कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्नेछन् । मधेश प्रदेशमा मधेशकेन्द्रित दललाई नेतृत्व दिने सहमति छ ।