एसइईको नतिजा सार्वजनिक करिब ४८ प्रतिशतले कक्षा ११ पढ्न पाउने

Avatar photo
Dhadingpost
बिहिबार, असार १४, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरे सँगै कुल विद्यार्थी मध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

यस परिक्षामा धादिङबाट सामुदायिक तथा संस्थागत गरी ४ हजार ९११ जना विद्यार्थीहरु सहभागी थिए ।