धादिङका नौं खेल मैदानलाई प्रदेशको वजेट

Avatar photo
Dhadingpost
आइतवार, असार ३, २०८१

धादिङ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८१–०८२ को वजेटमा धादिङका नौं खेल मैदान समेटिएको छ । प्रदेशले धादिङका यी खेल मैदानका लागि २ करोड खर्च अनुमान गरिएको वजेटमा उल्लेख छ ।

वजेटमा समेटिएका धादिङका खेलकुद योजनाहरु

  • नीलकण्ठ नगरपालिका कभर्ड हल निर्माण ८० लाख
  • नीलकण्ठ १४, माने सहिद स्मृति खेल मैदान निमार्ण २० लाख
  • थाक्रे १, घर्ती गाउँ खेल मैदान निर्माण २० लाख
  • सिद्धलेक ७ बर्दघाट खेल मैदान निर्माण २० लाख
  • गल्छी ४ मासटारमा कभर्ड हल निर्माण १५ लाख
  • गल्छी १ मा कभर्ड हल निमार्ण १५ लाख
  • रुवी भ्याली ५ तेङ्चेत खेल मैदान निर्माण १० लाख
  • रुवी भ्याली ३ बाख्रु खेल मैदान निर्माण १० लाख
  • त्रिपुरासुन्दरी १ चक्रदेवि आवि खेल मैदान निर्माण १० लाख

प्रदेशले ०७९ मा धादिङमा ५० वटा खेल मैदानका लागि झण्डै साढें ८ करोड वजेट खर्च गरेको थियो । तर आगामी वर्षका लागि प्रदेशले धादिङका नौ वटा खेल मैदानका लागि मात्रै वजेट दिने भएको छ ।