नीलकण्ठ नगरपालिकाले खेलकुद बजेट बढायो

Avatar photo
Dhadingpost
आइतवार, असार ३, २०८१

धादिङ । चालु आर्थिक वर्षका लागि ३६ लाख विनियोजन गरेको नीलकण्ठ नगरपालिकाले आगामी वर्ष २०८१–८२ को वजेटमा ६० लाख ५० हजार विनियोजन गरेको छ ।

गत वर्ष जस्तै खेलकुदको पूर्वाधार विकासका लागि नीलकण्ठले वजेट विनियोजन गरेको वजेटमा उल्लेख गरिए छैन । प्रस्तावित वजेटमा जिल्ला तथा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड र मेयर कप खेलकुद र अन्तरपालिका खेलकुद कार्यक्रमको लागि ६० लाख ५० हजार रकम विनियोजन गरिएको उल्लेख छ । फाईल फोटो