असार १ देखि भदौ सम्म सडक खन्न नपाइने

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ ३१, २०८१

काठमाडौं । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सार्वजनिक सूचना निकालेर आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाईएको जनाएको छ ।

सूचनामा भनिएको छ,
वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रदै जाने भएकोले यही २०८१ साल असार १ गतेदेखि २०८१ साल भाद्र मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कहा कारबाही गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।