बागमती प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णयहरु

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २८, २०८१

हेटौडा । बिहीबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।

प्रवक्ता गंगानारायण श्रेष्ठका अनुसार बैठकले बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दिपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने, वैशाख २१ गते दिनको १ बजे बस्ने गरी बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने, नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० को पहिलो संशोधन स्वीकृत गर्ने, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण मापदण्ड, २०८१ स्वीकृत गर्ने र खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम संचालन (पहिलो संशोधन) कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्को स्थापना हुने स्थान, सङ्गठन तालिका, दरबन्दी तेरिज कार्यविवरण, छाप र साइनबोर्ड स्वीकृत गर्नुको साथै वन क्षेत्र प्रयोग हुने रुख कटान गर्ने प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ ।