केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा धादिङका सुब्बा श्रेष्ठ तेक्वान्दोको प्राविधिक निर्णायक

Avatar photo
Dhadingpost
बुधबार, बैशाख ५, २०८१

धादिङ । काठमाडौंको दशरथ रंगशालामामा जारी १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तेक्वान्दोमा धादिङ गल्छी-१ निबासी सुब्बा श्रेष्ठ प्राविधिक निर्णायकको जिम्मेवारी पाएका छन् ।

देशको सात वटै प्रदेशबाट बिद्यालय तहका खेलाडीहरु स्थानीय तह, जिल्ला र प्रदेश स्तरको छनौट पारगरि केन्द्रसम्म आईपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन भएको यस प्रतियोगितामा तेक्वान्दो, कराते, उसु, भलिबल, कबड्डी, एथलेटिक्स तर्फका बिभिन्न इभेन्टहरु समाबेश छन् जसमा तेक्वान्दो तर्फ धादिङका सुब्बा श्रेष्ठ प्राविधिक निर्णायकको भूमिकामा रहेका हुन् ।

गल्छी तेक्वान्दो डोजाङको प्रमुख तथा प्रशिक्षक रहेका उनी धादिङमा तेक्वान्दो प्रशिक्षण गराउने प्राबिधिक निर्णायक तालिम प्राप्त एक मात्र राष्ट्रिय रेफ्री हुन् । आफ्नो २३ बर्षे सैनिक जीवनबाट अवकाश लिएर २०७८ फागुनबाट गल्छीमा तेक्वान्दो प्रशिक्षण गराउँदै आएका छन् । तेक्वान्दो खेलमा बिभिन्न प्रकारका ईलेक्ट्रोनिक उपकरण तथा सेन्सर प्रयोग हुने हुँदा यसको लागि निर्णायकको साथ साथै छुट्टै प्राविधिक निर्णायक पनि आवश्यक पर्ने भएकोले यस कार्यको लागि उहाँलाई तेक्वान्दो संघले छनौट गरेको हो ।

यस प्रतियोगितामा धादिङका दुई जना खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । जसमा तेक्वान्दो तर्फ प्रमिता तामाङ र ज्वालिङथ्रोमा शिशिर पुलामी मगर छन् ।