बागमती प्रदेशबाट धादिङका दुई जना खेल्दै

Avatar photo
Dhadingpost
बुधबार, बैशाख ५, २०८१

धादिङ । १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । यस प्रतियोगितामा पालिका जिल्ला, प्रदेशमा प्रथम हुँदधादिङका दुई जना सहभागी छन् ।

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङका प्रमिता तामाङ र शिशिर पुलामी स्वर्ण जित्दै केन्द्रिय प्रतियोगिताका लागि स्थान सुरक्षित गरेका थिए ।

सात प्रदेशमा प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएर छनोट भएका ६ सय ८६ खेलाडीले यस १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।