धादिङका प्रतिमा र शिशिरले गोल्ड मेडल जिते

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २२, २०८०

धादिङ । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा जारी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङका लागि प्रतिमा तामाङ र शिशिर पुलामी स्वर्ण दिलाएका छन् । सिद्धलेक गाउँपालिकाशिशिरले ज्वालिङथ्रोमा र नीलकण्ठकी प्रतिमाले प्रदेशमा पनि प्रथम हुँदै राष्ट्रिय प्रतियोगिताका लागि आफ्नो स्थान सुरक्षित गर्न सफल मात्रै भएनन् धादिङका लागि स्वर्ण समेत दिलाएका छन् ।

एथ्लेष्टिकका धादिङ टिम कोच गौतम श्रेष्ठका अनुसार ज्वावलिङथ्रोमा धादिङकै सृजना श्रेष्ठ दोस्रो, हाईजम्पमा रोजन श्रेष्ठ दोस्रो, सटपुटमा विकास तामाङ दोस्रो, तेक्वान्दोमा प्रदिप तामाङ दोस्रो, तेक्वान्दोमा पावल तामाङ , करातेमा स्नेहा तामाङ तृतिय र ८०० मिटर दौडमा रञ्जिता शाक्य तृतिय , र धादिङको दुबै कबड्डी टिम तृतिय बनेका छन् ।

धादिङको पुरुष कबड्डी टिम: प्रमोद श्रेष्ठ नीलकण्ठ, सायल खाण ठकुरी नीलकण्ठ, रुपक शाक्य नीलकण्ठ, बिसान तामाङ नीलकण्ठ, जिवन श्रेष्ठ नीलकण्ठ, अर्जुन तामाङ सिद्धलेक, सुलभ खतिवडा सिद्धलेक, दिपेन पौडेल सिद्धलेक, दावा लामा थाक्रे
धादिङको महिला कबड्डी टिमः धना राहडी मगर नीलकण्ठ, रेजिना तामाङ नीलकण्ठ, इन्दिरा श्रेष्ठ, नीलकण्ठ, अन्जना घले नीलकण्ठ, प्रेमिका तामाङ नीलकण्ठ, रोजिना थापा नीलकण्ठ, समिक्षा प्रजा, गजुरी, एन्जला प्रजा गजुरी, शर्मिला तामाङ, थाक्रे

धादिङबाट एथ्लेष्टिमा १९ जना, भलिबलमा १८ जना, कबड्डीमा १८ जना, करातेमा १२ जना, तेक्वान्दोमा १२ जना र उसुका ६ जना गरी ८५ जना खेलाडीले प्रतिपर्धा छन् ।